पावरहाउसबाट लागुऔषधसहित ४ जना पक्राउ
पाेखरा | भदौ १५, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय तथा वडा प्रहरी कार्यालय गगनगौँडाको प्रहरी टोलीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १९ लामाचौर बस्ने २२ वर्षिय अजय जिसी, अन्नपूर्ण गाउँपालिका ११ स्थायी घर भई हाल पोखरा १६ दीप बस्ने २९ वर्षिय मिलन गुरुङ, पोखरा १६ दीप बस्ने ४० वर्षिय सन्तोष गुरुङ र गोरखाको भिमसेनथापा गाउँपालिका ३ स्थायी घर भई हाल चितवनको रत्ननगर नगरपालिका १३ माधबपुर बस्ने २५ वर्षिय समिर कोईराला रहेका छन् ।
उनीहरुको साथबाट नुर्फिन १ सय ७०, डाईजापाम १ सय ७०, फेनरागन १ सय ७० गरि कुल ५ सय १० एम्पुल लागुऔषध बरामद गरेको कास्की प्रहरीका निमित्त प्रवक्ता तथा प्रहरी निरिक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । उनका अनुसार पोखरा ३० स्थित पावरहाउस चोकमा सवारी चेकजाँच गर्ने क्रममा पोखरातर्फ आउँदै गरेको बसमा लागुऔषध भेटिएको थियो ।
लागुऔषधसहित पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा १० दिन म्याद थप गरि अनुसन्धान अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।
मुस्ताङ: धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा विदेशी पर्यटकको आगमन सङ्ख्या वृद्धि भएको छ । यहाँ सन् २०२४ को अनुपातमा सन् २०२५ मा २५ हजार ४०३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्न...
ढोरपाटन: तमानखोला गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण रु एक करोड ६८ लागतमा भएको छ । वडाध्यक्ष झकबहादुर बुढा मगरका अनुसार एउटा सुविधायुक्त सभाहलसहित सात वटा कोठाको तीनतले भवन ...
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

